सोनादाको सामड्रुप दोर्जे छोईलिङ गुम्बामा विश्व पर्यावरण दिवस पालन

IMG-20240605-WA0301.jpg

सोनादा: सोनादाको सामड्रुप दोर्जे छोईलिङ गुम्बामा विश्व पर्यावरण दिवस पालन गर्दै सर सफाई साथै मैलाहरू व्यवस्थापनको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ। विश्व पर्यावरण दिवसको अवसरमा गत वर्षहरूमा यस गुम्बामा वृक्ष रोपणको कार्य सम्पन्न गरिन्दै आईरहेको थियो भने यसपाली सर सफाई र मैला व्यवस्थापन साथै मैला पदार्थहरू कम्पोज गरिने विषयमा सचेतनासहित कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा गुम्बामा मैलाहरू फ्याँक्नलाई मनाही गरिएको साथै मैला व्यवस्थापन सठीक रूपमा गरिएको अनि मैलाहरू रिकम्पोज गर्ने विषयमा पनि कार्य गरिएको जानकारी प्राप्त भएको छ। गुम्बामा बिहानदेखि बेलुकासम्म बाल्टीमा संकलन गरिएको मैलाहरू कम्पोज रूपमा लगेर रिकम्पोज गर्ने गरिएको बताइएको छ। यस अवसरमा सोनादाको सामड्रुप दोर्जे छोईलिङ गुम्बामा पर्यावरण दिवस पालन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै गुम्बाको लामाद्वय लामा गालेक र लामा वाङ्गेलले विस्तृत रूपमा जानकारी गराएका छन्। दुवैले गत वर्षतिर विश्व पर्यावरण दिवसको अवसरमा बिरुवा रोपनको कार्य आयोजना गर्दै आएको तर यसपाली नयाँ तरिकाले मैला व्यवस्थापन साथै मैला पदार्थहरू कम्पोज गरिने र सठीक रुपमा व्यवस्थापनको कार्य विषयमा सचेतना गराउँदै विश्व पर्यावरण दिवस पालन गरिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement