माल्दिभ्स सरकारले देशको पासपोर्ट नियम परिवर्तन गरी इजरायली पासपोर्टमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णय लागू भएपछि इजरायली नागरिकले माल्दिभ्स प्रवेश गर्न पाउने छैनन्। आइतवार माल्दिभ्सका गृहमन्त्री अलि इहुसानले इजरायली राहदानी भएका मानिसहरूलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने कानूनमा संशोधन गर्ने निर्णय भएको बताए। मन्त्री परिषदले प्रक्रियालाई तीब्रता दिन विशेष समिति पनि गठन गरेको छ। यो समितिमा देशका वरिष्ठ अधिकारी र नेताहरु रहेका छन्। यसैबीच इजरायलले आफ्ना नागरिकहरूलाई माल्दिभ्स नजान चेतावनी दिएको छ। त्यहाँ उपस्थित व्यक्तिहरू जतिसक्दो चाँडो त्यहाँबाट निस्कन भनिएको छ।
इजरायलले २५ मईमा रफाहमा हवाई आक्रमण गरेको थियो। जसमा ४५ जनाको मृत्यु भएको थियो। इजरायलको यो आक्रमणको धेरै देशले निन्दा गरेका छन्। यसपछि माल्दिभ्सले इजरायली नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यसबाहेक मन्त्री परिषदले प्यालेस्टाइनीहरूका लागि कोष जुटाउने र प्यालेस्टाइनलाई समर्थन गर्न मुस्लिम देशहरूसँग छलफल गर्ने निर्णय गरेको छ। साथै ‘माल्दिभ्स विथ प्यालेस्टाइन’ र्याली पनि निकालिनेछ। आन्तरिक मन्त्री अली इहुसानले भने, ‘हाम्रो लक्ष्य प्यालेस्टाइनसँग ऐक्यबद्धता देखाउनु हो।‘ माल्दिभ्सको राजधानी माले शहरमा मानिसहरूले गाजा र अन्य कब्जा गरिएका प्यालेस्टाइन क्षेत्रमा इजरायली आक्रमणको विरुद्धमा करिब एक महिनादेखि सडकमा प्रदर्शन गरिरहेका छन्। माल्दिभ्सका जनताले लामो समयदेखि इजरायली नागरिकलाई देशमा प्रवेशमा रोक लगाउन माग गर्दै आएका छन्। माल्दिभ्समा विभिन्न देशहरूबाट हरेक वर्ष एक लाख भन्दा बढी पर्यटकहरू आउँछन्, जसमध्ये १५ हजार पर्यटकहरू इजरायली नागरिक हुन्। माल्दिभ्सको अर्थतन्त्र पनि पर्यटनमा निर्भर छ, यद्यपि माल्दिभ्सले इजरायली नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ।