कुवैतको चुनौती स्वीकार्न तयार सुनिल छेत्री अनि उनको टीम

IMG-20240605-WA0289.jpg

काेलकत्ता: भारतीय फूटबल टीमका चमत्कारी कप्तान सुनिल छेत्रीले बुधवार आफ्नो अन्तिम अन्तर्राष्ट्रिय म्याचलाई केन्द्र गरेर जारी चर्चाहरूलाई कम्ती महत्त्व दिँदै यहाँ कुवैत विरुद्ध टीमको महत्त्वपूर्ण फिफा वर्ल्ड कप क्वालीफायरमा ध्यान केन्द्रित गर्ने कोशिश गरिरहेको बताए। भारतले बिहीवार खेलिने यस म्याचमा जीत हासिल गर्न सके फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो राउण्डमा स्थान लगभग पक्का गर्नेछ। फिफा वर्ल्ड कप २०२६-को आयोजन अमेरिका, मेक्सिको र कनाडामा हुनेछ। यसमा भाग लिने एशियाई टीमको फसेला तेस्रो क्वालीफायरपछि हुनेछ। सुनिल छेत्रीले गत महिना कुवैत विरुद्ध म्याच उनको अन्तिम अन्तर्राष्ट्रिय म्याच हुने घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय स्तरमा १९ सालसम्म भारतीय फूटबलको अनुहार रहने यस खेलाड़ीले म्याचको पूर्व सन्ध्यामा भने, यो केवल मेरो अनि मेरो करियरको अन्तिम म्याचको बारेमा होइन। म यसलाई यसरी हेरिरहेको छुइनँ। हामी वास्तवमा म्याच जित्न चाहन्छौं। काम सजिलो छैन तर हामी तयार छौं। हामीलाई भरपूर समर्थन प्राप्त हुनेछ।
यस ३९ वर्षीय स्ट्राईकरले आफ्नो भविष्यको योजनाहरूबारे प्रश्न गरिँदा भने, हामीले भोलि जीत हासिल गर्न सक्यौं भने हामी लगभग क्वालीफाई (तेस्रो चरणको निम्ति) गर्नेछौं। हामीलाई होम र अवे मिलाएर ५-५ वटा म्याच खेल्ने मौका प्राप्त हुनेछ। म राम्रो सूट लगाएर जहाँ भए पनि गएर आफ्नो टीमको म्याच हेर्नेछु। म हरेक दिन टीमका खेलाड़ीहरूसँग कुराकानी गर्छु। म उनीहरूलाई यस सपनाबारे बताउँछु। म्याच अघि हामीले गरेको लामो शिविरले फाइदा हुनेछ। यस्तो गर्दा कमजोरीहरूमाथि काम गर्ने पर्याप्त समय पाइन्छ। खेलबाट सन्न्यास लिने फसेलामाथि पुनर्विचार गर्ने प्रश्नको जवाफमा देशको निम्ति १५० वटा म्याचमा ९४ गोल गर्ने खेलाड़ीले भने, यस्तो हुनेछैन। मेरो सूट तयार छ अनि अब म आफ्नो टीमको खेलाड़ीहरूका खेलको मजा लिनेछु। मैले यसबारे धेरै सोचेको छु। मेरो १९ सालको यात्रा असाधारण रह्यो। अब टीम जहाँ पनि जानेछ, म एकजना प्रशंसकको रूपमा जानेछु अनि टीमको समर्थन गर्नेछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement