७ जूनमा राष्ट्रपतिलाई भेटेर एनडीएले सरकार गठनको दाबी गर्ने

NDA

नयाँ दिल्ली: राष्ट्रपतिले एनडीएका सांसदहरुलाई भेट्न समय दिएका छन्। ७ जुनमा सबै सांसदले राष्ट्रपतिसँग भेट गर्नेछन्। यसका लागि साँझ ५ बजेदेखि ७ बजेसम्मको समय दिइएको छ। अर्कोतर्फ, राजनाथ सिंह, अमित शाह र नड्डा सबै मिलेर सहयोगी दलहरूसँग सरकार गठनबारे छलफल गर्नेछन्। एनडीएका साझेदारहरूले फेरि एकपटक सर्वसम्मतिले प्रधानमन्त्री मोदीलाई आफ्नो नेता चुनेका छन्। बुधबार प्रधानमन्त्री निवासमा बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो। यो प्रस्तावमा २१ नेताको हस्ताक्षर छ। जसमा टीडीपी प्रमुख चन्द्रबाबु नायडू र जेडीयु प्रमुख नितिश कुमार सामेल छन्। एनडीएले आज साँझ सरकार गठनको दाबी गर्ने बताइएको छ।

लोकसभा चुनाव २०२४ को नतिजा आएको छ। यस चुनावमा एनडीए गठबन्धनले बहुमत पाएको छ, त्यसपछि नरेन्द्र मोदी एक पटक फेरि प्रधानमन्त्री बन्ने निर्णय भएको छ। अहिले पछिल्लो जानकारी अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रपति भवन पुगेका छन्। यहाँ उनले राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटेर केन्द्रीय मन्त्री परिषद र १७औं लोकसभा विघटन गर्न सिफारिस गरेल त्यसपछि नयाँ सरकार गठनको दावी खडा हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रपतिलाई भेटेर मन्त्री परिषदसहितको राजीनामा बुझाएका छन्। राष्ट्रपतिले राजीनामा स्वीकृत गरि नयाँ सरकारले कार्यभार नआएसम्म नरेन्द्र मोदी र मन्त्री परिषदलाई पदमा बस्न आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement