खरसाङ: शिवखोला कन्जरभेशन सोसाईटीको आयोजनामा विश्व पर्यावरण दिवस पालन गरिएको छ। ग्रामीण पर्यटनमा लामो फड्को मारेका शिवखोला क्षेत्रलाई संरक्षण र सर सफाई गर्न शिवखोला कन्जरभेशन सोसाईटी अघि आएर काम गरिरहेका छन् भने सोसाईटीले आज विश्व पर्यावरण दिवस पनि पालन गरेका छन्। विश्व पर्यावरण दिवसको अवसरमा सोसाइटीले शिवखोलाको विभिन्न स्थानहरूमा सर सफाई गरेका छन्। विशेष गरी शिवखोलामा पौडी खेल्न आउने पर्यटकहरूका लागि पौडी खेल्ने खोलामा परिसरमा पूरै सर सफाई गर्ने कार्य सम्पन्न गरेका छन्। त्यसरी नै सोसाईटीले सुकना वन विभागबाट बिरुवाहरू ल्याएर खोलाको डिलतिर, शिवखेला खेल मैदान परिसरमा गाउँतिर बिरूवा रोपनको कार्य सम्पन्न गरेका छन्। शिवखोला कन्जरभेशन सोसाईटीको २३ जना सदस्यहरू उपस्थित भएर विश्व पर्यावरण दिवस पालन गरेका छन्। यस अवसरमा शिवखोला कन्जरभेशन सोसाईटीको सभापति मिरेन लामा, उप सभापति सदन लामा, सचिव सुबन लामा लगायत २३मा उपस्थित भएर विश्व पर्यावरण दिवस पालन गर्दै सर सफाई साथै बिरुवा रोपनको कार्य सम्पन्न गरिएको जानकारी उप सभापति सदन लामा साथै सदस्य आनन्द लामाले जानकारी गराएका छन्।