ट्रेक डायरिस खरसाङद्वारा विश्व पर्यावरण दिवस पालन

IMG-20240605-WA0284.jpg

खरसाङ: ट्रेक डायरिस खरसाङले संयुक्त परिवार, माने डाँड़ा खरसाङको सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा सर्वप्रथम सफाई अभियान सञ्चालन गरेको छ।
यस अवसरमा सेतो अर्किड ट्रेलको एउटा भाग सफा गरिएको जानकारी प्राप्त भएको छ। खरसाङको एसबी दे सेनिटोरियममाथि क्षेत्रमा रहेको भागमा सर सफाई गरिएको जानकारी प्राप्त भएको छ।

आजको कार्यक्रममा सहयोग गर्ने फिरोज प्रधान, पूना थापा प्रधान, बासुदेव प्रधानलाई धन्यवाद दिइएको छ। कार्यक्रमको लागि स्वयंसेवकहरूसँग मद्दत गरेकोमा भिक्टोरिया बोइस स्कूललाई विशेष धन्यवाद दिइएको छ।
यो क्षेत्र सबैको सम्पत्ति हो र यसलाई सफा राख्नुपर्छ भन्ने कुरामा ध्यान दिन सबैलाई ट्रेक डायरिस परिवारले अनुरोध गरेका छन्। यस क्षेत्रको मरमत्ति र संरक्षणको लागि सम्बन्धमा खरसाङ वन विभाग कार्यालयसँग थप छलफल गर्ने जानकारी गराइएको छ। हाम्रा जंगलहरू फोहोर मुक्त नभएसम्म हामीले यस्ता थप सफाइ अभियानहरू पनि सञ्चालन गर्नेछौं भनी ट्रेक डायरिसका प्रतिनिधिहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement