खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको रंगटङ्ग फरेस्ट प्रोटेक्शन कमिटीको आयोजनामा विश्व पर्यावरण दिवस पालन गरिएको छ। यसको फरेष्ट विभाग र चुनभट्टीरो मेरीगोल्ड अंग्रेजी स्कूलका विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूले पर्यावरण दिवस कार्यक्रममा सहभागिता जनाएका थिए। यस अवसरमा रंगटङ्ग फरेष्ट प्रोटेक्शन कमिटीको सभापति प्रकाश सार्कीले विश्व पर्यावरण दिवस विषयमा वक्तव्य राखेका थिए।

यस अवसरमा बिरुवा रोपनको कार्य पनि सम्पन्न गरिएको जानकारी शन्नि लामाले जानकारी गराएका छन्।