दार्जिलिङ लोकसभा समष्टिबाट दोस्रोपल्ट नवनिर्वाचित भएका राजु बिष्टलाई सिलगढीमा स्वागत जनाइयो

IMG-20240605-WA0277

सिलगढी: दार्जिलिङ लोकसभा सीटमा भाजपाका उम्मेदवार राजु विष्टले फेरि दोस्रोपल्ट जित हासिल गरेका छन्। बुधबार सिलगढीमा भाजपाका नेताहरूले उनलाई स्वागत गरे। राजु विष्ट बुधबार साँझ करिब ५ बजे सिलगढीको मल्लगढीमा रहेको भाजपाको पार्टी कार्यालयमा आए। भाजपा सिलगढी संगठित जिल्ला कमिटीका नेता तथा कार्यकर्ताहरुले पटाका फाटेर पुष्पवर्षा गरी स्वागत गरे। यस दिन उनीसँग सिलगढीका विधायक शंकर घोष र अन्य भाजपा नेताहरू उपस्थित थिए। राजु विष्टले आज सञ्चारकर्मीसँगको कुराकानीमा यो केन्द्रको विकास गर्ने आफ्नो लक्ष्य पूरा हुने बताउँदै आफूलाई भोट दिएकोमा आम जनतालाई धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement