गुवाहाटी: असममा भारतीय जनता पार्टी (भाजपा)- लगातार सबैभन्दा वृहत पार्टीको रूपमा उदाइरहेको छ। यस चुनाउमा पन पार्टीलाई सबैभन्दा अधिक भोट तथा सीट प्राप्त भयो। चुनाउ आयोगद्वारा जारी आँकड़ा अनुसार भाजपालाई यसपालि ७४,२९,८१३ भोट सहित नौवटा सीट प्राप्त भयो जुन मोठ भोटको ३७.५७ प्रतिशत हो। कंग्रेसलाई ७३,९५,५६३ भोट सहित तीनवटा सीट प्राप्त भयो जुन मोठ भोटको ३७.३९ प्रतिशत हो। असम गण परिषदलाई एक सीट १२,७९,२५४ भोटको साथमा कुल भोटको ६.४७ प्रतिशत, यूपीपीएललाई एक सीट ४,७६,०१२ भोट सहित २.४१ प्रतिशत, बीपीएफलाई शून्य सीट ७,५९,७७० भोटसितै ३.८४ प्रतिशत तथा एआईयूडीएफलाई सबैभन्दा कम ६,११,२६६ भोटसितै ३.०९ प्रतिशत भोट प्राप्त भयो। पछिल्लो २००४- देखि लिएर अहिलेसम्ममा लगातार सबै चुनाउहरूमा भाजपा सबै राजनीतिक दलहरूभन्दा अग्रपंक्तिमा रहिआएको छ।