नयाँ दिल्ली: ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले राज्यका राज्यपाल रघुबर दासलाई बुधवार आफ्नो राजीनामा सुम्पे। ओडिशामा लगातार ढाई दशकसम्म सत्तारूढ़ रहेका पटनायकलाई विधानसभा चुनाउमा भाजपाको हातबाट ठूलो हारको सामना गर्न परेको छ।
पटनायक आज बिहान राजभवन पुगे औं राज्यपाललाई आफ्नो राजीनामा सुम्पे। ओडिशाको १४७ सदस्यीय राज्य विधानसभामा भारतीय जनता पार्टीले ७८ सीट जितेको छ जबकि बीजू जनता दललाई केवल ५१ सीटसितै सन्तोक गर्नु परेको छ। भाजपाले पहिले पल्ट आफ्नो बुतामा राज्यमा सरकार बनाउन गइऱहेको छ। राज्यको २१ लोकसभा सीटमध्ये १९ मा भाजपाले जित दर्ता गरेको छ।