नयाँ दिल्ली: चुनाउ नतिजा आएपछि दिल्लीमा राजनीतिक गतिविधिहरू बढ़ेको छ। सत्ता र विपक्षका नेताहरूको दिल्ली आउने र बैठकहरूको क्रम जारी छ। भाजपाले आफ्नो बुतामा २४० सीट ल्याएको छ।
उसलाई सरकार बनाउन आफ्नो दुई घटक दलहरू जदयू र टीडीपीको साथको आवश्यकता छ। नीतीश कुमार दिल्ली पुगेका छऩ्। उनी जुन फ्लाइटमा दिल्ली पुगेका छन्, त्यसमा विपक्षका उनका पुराना साथी राज नेता तेजस्वी यादव पनि थिए। नीतीशले दिल्ली आउँदा पत्रकारहरूको कुनैपनि प्रश्नको जवाफ दिएनन्।
अर्कोतिर, दिल्ली पुगेका एनसीपी-शरद पंवारका नेता शरद पंवारले भने, मैले नीतीश कुमार र एन चन्द्रबाबू नायडूसित कुनै कुरा गरेको छुइन। आईएनडीआई गठबन्धनको बैठकमा यदि फसेला लिइन्छ भने कुराकानी गरी कुनै निर्णय लिनेछु। दिल्ली पुगेपछि आरजेडी नेता तेजस्वी यादवले भने, अहिले प्रतिक्षा गरिन्दैछ। नीतीश कुमारसित फ्लाइटमा मेरो भेट भएको थियो। हामीले एक अर्कालाई बधाई दियौं। हेऱौं अब के हुन्छ। द्रमुक नेता एवं तमिलनाडूका मुख्यमन्त्री एमके स्टालिन पनि दिल्ली पुगेका छन्।
जनता दल सेक्युलर नेता एचडी कुमार स्वामी पनि दिल्ली पुगेका छऩ्। उनको भनाई छ, केन्द्रिय गृहमन्त्री र भाजपाका राष्ट्रिय अध्यक्षले मलाई पीएम आवासमा आजको बैठकको निम्ति बोलाएका छन्। म हाम्रो तर्फबाट कुनै ठूलो एजेन्डाबिना बैठकमा सामेल भइरहेछु। हामी प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बिना कुनै बाधाको सरकार बनाउन चाहन्छौं।









