कोचबिहार: तुफानगंज नम्बर १ ब्लक देवचराई ग्राम पञ्चायतको सन्तोषपुर क्षेत्रमा मंगलबार राति आएको हावाहुरीले ठूलो जनधनको क्षति गरेको छ। हिजो राति ठूलो हावाहुरी आएकोले यस क्षेत्रका धेरै रुखहरु ढलेका र बिजुलीका पोलहरु ढलेको स्थानीयले बताएका छन्। यस क्षेत्रका धेरै बिजुलीका पोलहरू भत्केर सडकमा खसेका छन्, जसले गर्दा खतरनाक रूपमा बिजुलीका तार छरिएका छन्। हावाहुरीपछि सबै क्षेत्रमा बिजुली छैन।

स्थानीय बासिन्दाले चाँडो विद्युत् उपलब्ध गराउन माग गरेका छन्। यसैबीच, विद्युत् जडान सुचारु गर्न विद्युत् विभागका कर्मचारी परिचालन गरिएको विद्युत् विभागले जनाएको छ।











