जेडीयु एनडीएकै साथमा रहने

Nitish-Kumar-Bihar-CM

नयाँ दिल्ली: जेडीयु प्रदेश अध्यक्ष उमेश सिंह कुशवाहाले मंगलबार भने, ‘बिहारका जनताले विकास र सुशासनको राजनीतिमा विश्वास व्यक्त गरेका छन्। एनडीएको शक्ति अघि आईएनडीआईए पूर्ण रूपमा ध्वस्त भयो।‘ जेडीयु प्रदेश अध्यक्षले भने, ‘भोटको शक्तिले जनताले झूट र प्रचारको राजनीति गर्नेहरूलाई पाठ सिकाएको छ, लगातार तेस्रो पटक केन्द्रमा नरेन्द्र मोदीको नेतृत्वमा पूर्ण बहुमतका साथ बलियो एनडीए सरकार बन्न लागेको छ।‘ उनले एनडीएको जित आफ्ना कार्यकर्ताहरुको पसिनाको परिणाम भएको बताए। उनले भने, ‘विगत १८ वर्षमा भएका अभूतपूर्व विकास कार्य। त्यही आधारमा जनताले एनडीएलाई भोट दिएका छन्। दोहोरो इन्जिनको सरकार हुनुले आगामी दिनमा बिहारको विकासलाई नयाँ गति दिनेछ।‘ चुनावको नतिजा आएदेखि नै नीतीश कुमार कमब्याक गर्ने कि भन्ने चर्चा चलेको थियो। तर, अहिले त्यस्तो भएको देखिँदैन। जेडीयुको पटना कार्यालयबाट नितिश कुमार-प्रधानमन्त्री मोदीसँगै रहेको स्पष्ट भएको छ। जेडीयु एनडीएसँग रहनेछ र सरकार बनाउने बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement