कालेबुङ: कालेबुङ लाभादेखि केही तल वाहन दुर्घटना हुँदा चालकसहित तीनजनाको मृत्यु भएको छ। वाहन दुर्घटनामा चालकसँग एउटै परिवारका कालेबुङ साङ्से फिकले निवासी दिपेश छेत्री र उनका १० महिना शिशुको घटनास्थलमा नै मृत्यु भएको बताइएको छ। पथरझोडाबाट लाभा हुँदै कालेबुङ गइरहेको समय मंगलवार मध्यराति लगभग १२ देखि १ बजीतिर उक्त दुर्घटना भएको पुलिस सूत्रले जनाएको छ। उक्त वाहन लाभा बजारदेखि केही तल आइपुग्दा वाहन चालकले नियन्त्रण गुमाएपछि वाहन सड़कदेखि ५०० फिट तल झरेको थियो। उक्त वाहनमा चालकसँग एउटै परिवारका चारजना सदस्यहरू सवार थिए। वाहन दुर्घटनाग्रस्त हुँदा कालेबुङ साङ्गसे फिकले निवासी चालक नितेश छेत्री अनि एउटै परिवारका दिपेश छेत्री र उनको १० महिना शिशुको घटनास्थलमै मृत्यु भएको हो। दिपेश छेत्रीकी पत्नी र नानी भाग्यले बाँचेका छन्। गम्भीर रूपमा घाइते बनेका दिपेशकी पत्नी र नानी हाल कालेबुङ जिल्ला अस्पतालमा उपचाराधीन अवस्थामा छन्।









