घैयाबारीमा जागरूकता रैलीसहित विश्व पर्यावरण दिवस पालन

IMG-20240605-WA0230.jpg

खरसाङ: विश्व पर्यावरण दिवसको अवसरमा खरसाङ महकुमा अन्तर्गत घैयाबारीको ब्लु डाईमण्ड अंग्रेजी स्कूलको आयोजनामा विविध कार्यक्रमहरू सम्पन्न गरिएको छ। पर्यावरण दिवसको अवसरमा सर्वप्रथम स्कूल परिसरमा विद्यार्थीहरूलाई भेला पारेर विश्व पर्यावरण दिवसको महत्व र यसको उद्देश्य विषयमा प्राचार्य मार्थारानी राईले विस्तृत रुपमा जागरूक गराएका थिए।

दोस्रो चरणमा स्कूलको पाँचौंदेखि दशौं श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर पर्यावरण दिवस विषयमा प्ला कार्ड प्रतियोगिता आयोजना गरियो जसमा नवौं श्रेणीका विद्यार्थी राणा मण्डल प्रथम, दोस्रो छैटौं श्रेणीका विद्यार्थी स्मोक छेत्री, तेस्रो सातौं श्रेणीता विद्यार्थी दिव्येन्द्र छेत्री भएका छन्। त्यसपछि ब्लु डाईमण्ड अंग्रेजी स्कूलको आयोजनामा विश्व पर्यावरण दिवसको उपलक्ष्यमा विद्यार्थीहरू र शिक्षक शिक्षिकाहरूलाई लिएर जनचेतना रैलीको आयोजना गरिएको छ।

उक्त रैली स्कूल परिसरबाट शुरु भएर ग्राम पञ्चायत कार्यालयसम्म पुगेर कालीमाट्टीसम्म अनि फर्केर झुम डाँड़ामा आएर बिरुवा रोपनको कार्य सम्पन्न गरिएको छ। यस अवसरमा सबैले १५-२० वटा बिरुवाहरू रोप्ने कार्य सम्पन्न गरिएको छ। त्यसपछि स्कूलमा आएर पहिलेदेखि चौथो श्रेणीसम्मको विद्यार्थीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता सम्पन्न भएको छ।

उक्त प्रतियोगितामा प्रथम महमम्मद लोकमान पल्ली, दोस्रो लोपसाङ शेर्पा, तेस्रो रोहण मण्डल भएका छन्। त्यसपछि स्कूलमा विद्यार्थीहरूलाई पर्यावरण दिवसको महत्व बुझाउँदै स्कूल परिसर सर सफाई गरिएको जानकारी प्राप्त भएको छ।

उक्त पर्यावरण दिवस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै ब्लु डाईमण्ड अंग्रेजी स्कूलको उप प्राचार्य प्रणाम थापाले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement