सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा एसएसबीले १०० ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। गए राति सिलगढी नगरपालिका अन्तर्गत घोषपुकुर क्षेत्रमा रहेको मोडेल स्कुल नजिकै दुईजना संदिग्ध युवाको खोजी गर्दा उनीहरुको साथबाट १०० ग्राम डाउन सुगर र एउटा ल्यापटप बरामद भएको थियो। त्यसपछि दुवै युवालाई एसएसबीले हिरासतमा लिएर फासीदेवा पुलिस थानामा बुझाएको थियो । पक्राउ परेका युवाको नाम अन्जन मल्लिक (२२), सयन सरकार (२१) रहेको छ। दुवै दलखोला क्षेत्रका बासिन्दा हुन्। यो ब्राउन सुगर तस्करी गर्ने अभियुक्तहरू कहाँ गएका थिए भन्नेबारे फाँसिदेवा पुलिस थानाले अनुसन्धान थालेको छ। पक्राउ परेकाहरुलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। उनलाई अनुसन्धानका लागि पुलिस हिरासतमा लिन अदालतमा निवेदन दिइएको छ।









