विश्व पर्यावरण दिवसको उपलक्ष्यमा वृक्ष रोपन

IMG-20240605-WA0219.jpg

गोरुबथान: जिल्ला कानूनी सेवा प्राधिकरण, अनुज्ञालय संस्था, पब्लिक हेल्थ इन्जिनेरिङ डिपार्टमेन्ट गोरुबथान खण्ड, गोरुबथान छोटा फागु प्राथमिक स्कूल एवं छोटा फागु उच्च विद्यालयको संयुक्त आयोजनामा वृक्ष रोपण एवं नानीहरूलाई लिएर जनचेतना कार्यक्रम छोटा फागु स्कूल मैदान परिसरमा सम्पन्न गरियो।

कार्यक्रमलाई छोटा फागु प्राथमिक स्कूलको स्कूल इन्चार्ज किरण विश्वले शुरुआत गरेको थियो। उहाँले नानीहरूसित अन्तरक्रियात्मक रूपमा “विश्व पर्यावरण दिवस”-को मनाउनुको औचित्य बारे बताए। जिल्ला कानूनी सेवा प्राधिकरण एवं अनुज्ञालय संस्थालाई प्रतिनिधित्व गर्दै छोटकरीमा विश्व पर्यावरण दिवस इतिहास के कस्तो रहेको छ, यस वर्ष २०२४को थीम “भूमि पुनर्स्थापना, मरुभूमिकरण र खडेरी लचिलोपन (Land Restoration, Desertification and Drought Resilience) बारे नानीहरूलाई जानकारी दिए। साथै नानीहरूलाई चारवटा टिममा विभाजन गरी लगभग १६ वटा वृक्ष विभाजन गरी एक वर्ष व्यापी परित्योगित राखियो जहाँ जुन टिमले वृक्ष रोप्ने मात्र होइन तर, कसले राम्ररी जोगाएर वृक्ष बचाउनु सक्छ।

उनीहरूलाई स्कूल एवं संस्थाको पक्षबाट अर्को “विश्व पर्यावरण दिवस २०२५”-मा पुरस्कृत गरिने जनाए। साथै पब्लिक हेल्थ इन्जिनेरिङ डिपार्टमेन्टका खण्ड परियोजना संयोजक समन्तक राईले जल जीवन मिसन परियोजनालाई प्रतिनिधित्व गर्दै जल संरक्षणमा वृक्षको भुमिका ठूलो रहेको कारण विभागको पक्षदेखि वृक्ष प्रदान गरिरहेको छौ। तर यो वृक्ष अर्कोपाली मर्ने होइन नानीहरूले बचाएर राख्नु पर्ने जनाए।

ग्राम पञ्चायत सदस्य बेनु विश्वको विशेष उपस्थिति रहेको थियो भने, जिल्ला कानूनी सेवा प्राधिकरण एवं अनुज्ञालय संस्थाको पक्षदेखि उज्जवल राई एवं राजु सार्की, पब्लिक हेल्थ इन्जिनेरिङ डिपार्टमेन्ट पक्षदेखि समन्तक राई, तेजेन्द्र गुरुङ, रेवत मुखीया, अनमोल थापा, प्रेरणा खवास, सजल गुरुङ भने छोटा फागु प्राथमिक स्कूल एवं छोटा फागु उच्च विद्यालय शिक्षक किरण विश्व, सुमित्र राई, झरना थापा, बोबी बेक, असिक बेक, दीपक दुङ्दुङ, लोवर फागु अल्फन्सो युथ क्लबको सदस्यहरू पनि उपस्थित रहेको थियो। कार्यक्रमपछि वृक्ष रोपण गरियो भने नानीहरूको एउटा टोलीलाई प्रकृतिसँग अन्तरक्रिया गराउनु एउटा छोटो ट्रेकिङको पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement