जलपाईगढी: जलपाईगढीको धुपगढीमा केही मिनेटमै फेरि आँधीले तहसनहस बनाएको छ। धुपगढीको ठूलो क्षेत्रमा धेरै क्षति भएको छ, धेरै क्षेत्रमा बिजुली छैन। यहाँ मौसम कार्यालयले उत्तर बंगालमा भारी आँधी र वर्षाको भविष्यवाणी गरेको छl जलपाईगढी जिल्लाको धुपगढीका धेरै क्षेत्रमा फेरि आँधीको कारण धेरै क्षति भएको छ।

आज बिहान आएको विनाशकारी हावाहुरीले केहीको घरको छाना उडेको छ भने कयौंको भान्साकोठामा क्षति पुगेको छ। कतिपयको सुत्ने कोठामा रुख ढलेका छन्। धुपगढी नगरपालिकाको वार्ड न० १ को छेउमा रहेको जंगली पाडा र पूर्वी मगुरमारी ग्राम पञ्चायतको वैशालालगायत धेरै क्षेत्रमा यस्तो दृश्य देखियो। सबै क्षेत्रमा बिजुली नभएको बताइएको छ। खबर पाएलगत्तै विद्युत् विभागका कर्मचारी आएर काम थालेका छन्।
