बिराटनगर: सुनसरीको धरान उपमहानगरपालिका १७ सिंहदेवी सामुदायिक वनबाट भरुवा बन्दुकसहित एकजनालाई पुलिसले पक्राउ गरेको छ। स्थानीय ४० वर्षीय दरेश राई सामुदायिक वन एरियामा भरुवा बन्दुक बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा अस्थाई पुलिस चौकी रेल्वेबाट खटिएको पुलिस टोलीले लोड भएको भरूवा बन्दुक १ थान, बारूद र छर्रा राईलाई पक्राउ गरेको हो। पक्राउ परेका उनको सम्बन्धमा इलाका पुलिस कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।