अमेरिकामा नेपाली खिलाड़ी प्रति बिभेद भएको सामाजिक संजाळबाट प्रतिक्रिया

IMG-20240605-WA0019.jpg

झापा: अमेरिकामा पुजारीले सबै खेलाडीलाई टीका लगाइदिएको तर सोमपाललाई दलित भएकै कारण वि भेद गरेको भन्दै हिजो बिहानैदेखि समाजिक संजालमा चर्को आलोचना भैरहेको छ। तर यहि बिषयमा प्रत्यक्षदर्शी राम चन्द्र भट्ट लेख्नुहुन्छ -“क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे। उनी सरासर भक्तजनले पुजा गर्ने ठाउँमा गए। मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे। आरती गरे र दुबै पुजारीले टिका लगाईदिए। पछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे। उनीहरु पनि आरती, जल चढाए। पुजारीले क्रमैसँग टिका लगाइदिए। प्रसाद दिए। पहिल्यै निधारमा टिका भएकोले पछि साथीहरुसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए। भाईरल बनाइएको र गाली गरिएको भिडियो यहि हो। निधारमा त्यहि लगाएको टिका भएकोले उनले दोहोर्याउन चाहेनन्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement