बिराटनगर: जबरजस्ती करणी गरी फरार रहेका संखुवासभाको सभापोखरी गाँउपालिका वॉर्ड नम्बर ६ कोक्तासिं बस्ने बर्ष ५३ को ज्वाने भन्ने धन बहादुर लिम्बुले परिवर्तित नाम संखुवासभा-(ञ) लाई पुलिसले पक्राउ गरेको छ। जबरजस्ती करणीको उजुरीको आधारमा निज प्रतिवादीलाई खोजतलास गर्दा पुलिस चौकी बाह्रबिसेबाट खटिएको पुलिस टोलिले कोक्तासिं स्थित निजकै घरमा फेला पारी नियन्त्रणमा लिई मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।