डा. इन्द्रहाङ सुब्बा दोस्रो पल्ट बने सांसद

IMG-20240604-WA0291.jpg

थाँतीमा रहेको काम पूरा गर्ने विजयी उम्मेदवार इन्द्रहाङ सुब्बाले दिए बचन

गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको लोकसभाको चुनाउको मतगणना आज सम्पन्न भयो। यस चुनाउमा एसकेएम पार्टीका लोकसभा उम्मेदवार इन्द्र हाङ सुब्बाले कूल १ लाख ६४ हजार ३९६ मत प्राप्त गरेका छन्। उनले पोस्टल व्यालेटको माध्यमद्वारा ७ हजार ५ सय ६० मत प्राप्त गरेका छन्।

उक्त चुनाउमा राज्यबाट कूल १४ जना उम्मेदवारहरूले प्रतिष्पर्धा गरेका थिए, जसमा डा. इन्द्र हाङ सुब्बा भारी मतले विजयी बन्दै दोस्रो पल्ट सांसद बनेका छन्। यस वर्षको चुनाउमा एसकेएम पार्टीबाट डा. इन्द्र हाङ सुब्बा, एसडीएफ पार्टीबाट प्रेम दास राई, सीटीजन एक्सन पार्टीबाट भरत बस्नेत, कंग्रेसका गोपाल छेत्री, एसआरपीबाट केबी राई र भारतीय जनता पार्टीबाट दिनेश चन्द्र नेपाल रहेका थिए भने स्वतन्त्रता उम्मेदवारको रूपमा नबिन किरण प्रधान, बिना राई, लातेन छिरिङ शेर्पा, मधुकर ढकाल,रवि चन्द्र राई, रूद्र मनि प्रधान, शम्भू छेत्री र श्यामल पलले प्रतिष्पर्धा गरेका थिए। उ

ल्लेखनीय छ, डा. इन्द्र हाङ सुब्बाले एसकेएम पार्टीबाट दोस्रो पल्ट भारीमतले विजयी प्राप्त गर्दै सांसद बनेका छन्। लोकसभा उम्मेदवारकोरूपमा विजय़ी बनेपछि पत्रकारहरूसँग कुराकानी गर्दै सुब्बाले विगत पाँच वर्षको कार्यकालमा गर्न नसकेको र थाँतीमा रहेको काम यो पाँच वर्षको अवधिमा सिक्किमे जनताको हितमा पुरा गर्ने बचन दिएका छन्। यसपालीको चुनाउमा एसकेएम पार्टीको सरकार गठन हुन्छ भन्ने आफू पहिला नै विश्वस्त रहेको बताउँदै यो पालीको चुनाउमा आफू विजयी हुनुमा मुख्यमन्त्री प्रेम सिंह तामाङ, राज्यका जनता साथै पार्टीका कार्यकर्ता जसले आफ्नो निम्ति दिनरात एक गरेर खटे उनीहरूलाई जीतको श्रेय दिएका छन्। सिक्किमको धेरै वर्षदेखि थाँतीमा रहेको मुद्दालाई पार लगाउन आफ्नो तर्फबाट भरपूर प्रयास गर्ने सुब्बाले आश्वासन दिएका छन्। जीतपछि उनले पार्टीका कार्यकर्ता साथै जनताप्रति आभार प्रकट गर्दै सुब्बाले आफू एक जिम्मेवारी सदस्यको हैसियतमा काम गरेर जनताको विश्वासलाई कायम राख्ने बचन दिएका छन्। सुब्बाको विजयी पछि आज नै एमजी मार्गमा एक भव्य स्वागत कार्यक्रम आयोजना गरियो।

यस अवसरमा आरिथाङ निर्वाचन क्षेत्रबाट विजयी बनेका उम्मेदवार अरूण उप्रेती, गान्तोक निर्वाचन क्षेत्रबाट विजयी बनेका उम्मेदावार दिले नामग्याल बर्फुङपा, अप्पर बूर्तुक निर्वाचन क्षेत्रबाट विजयी बनेकी उम्मेदवार कला राई, एसकेएम पार्टीका प्रवक्ता जेकव खालिङ राई र विकास बस्नेत लगायत पार्टीका अन्य समर्थकहरूको अगुवाईमा एमजी मार्गमा स्वागत जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement