मुख्यमन्त्री तामाङले जनाए एनडीएप्रति समर्थन

IMG-20240604-WA0285.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी र एनडीएलाई उल्लेखनीय विजयको निम्ति बधाई दिॅंदै एनडीएप्रति सिक्किम क्रान्तिकारी मोर्चाको समर्थन व्यक्त गरेका छन्। उनले आफ्नो एक्स ह्यान्डलमार्फत यस आसयको जानकारी दिएका छन्।

मुख्यमन्त्री तामाङले आफ्नो एक्स ह्यान्डलमा १८औं लोकसभामा उल्लेखनीय विजयको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदी र एनडीएलाई बधाई दिएका छन्। उनले भनेका छन्, ‘सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टी हाम्रो देशको विकास अनि समृद्धिको निम्ति एनडीएलाई पूर्ण समर्थन गर्दछ।’

उल्लेखनीय छ, सिक्किमको एकमात्र लोकसभा सीटमा एसकेएम उम्मेदवारले भारी मतले जित हासिल गरेका छन्। यसैगरी, एसकेएमले विधानसभा चुनाउमा ३२ मध्ये ३१ सीट जितेर दोस्रोपल्ट सरकार गठन गर्ने निधो भइसकेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement