गान्तोक: ३२ मध्ये ३१ आसनमा ऐतिहासिक जीतपछि आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग उनको सरकारी आवास राजभवनमा भेट गरी सरकार गठन गर्ने औपचारिक प्रस्ताव पेश गरे। मुख्यमन्त्री तामाङद्वारा पेश गरिएको औपचारिक प्रस्तावलाई राज्यपाल लक्ष्मण प्रसाद आचार्यले स्वीकार गरे। अब राज्यपालद्वारा विधायक दलका नेताद्वारा पेश गरिएको औपचारिक प्रस्ताव स्वीकारपछि अब सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको दोस्रो कार्यकालको सरकार गठन हुने दिशामा महत्वपूर्ण पहल भएको मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत जानकारी गराएका छन्।
जानकारी गराइन्छ, २ जूनको दिन ३२-मध्ये ३१ आसनमा सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले जीत हासिल गरेपछिको पहिलो विधायक दलको बैठकमा पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह तामाङलाई नै विधायक दलको नेता छनौट गरिसकेको छ। यस्तोमा अब केही दिनभित्रै एसकेएम पार्टीका नाइके एवं मुख्यमन्त्री प्रेमसिंह तामाङले दोस्रो कार्यकालको निम्ति मुख्यमन्त्रीको पद अनि गोपनीयताको शपथ ग्रहण गर्ने निश्चित भएको छ।