गान्तोक: एसकेएम पार्टीबाट लोकसभा चुनाउमा निरन्तर दोस्रोपटक जीतपछि हासिल गरेपछि पार्टी अध्यक्ष एवं राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले सांसद डा. इन्द्रहाङ सुब्बालाई बधाई दिएका छन्। १८औं लोकसभा चुनाउमा सिक्किमबाट मोठ १४ जना उम्मेदवार खड़ा भएका थिए भने सबैलाई पराजित गर्दै डा. इन्द्रहाङ सुब्बाले निरन्तर दोस्रोपटक जीत हासिल गरेका छन्। यो जीतलाई मुख्यमन्त्री तामाङले डा. इन्द्रहाङ सुब्बाको समर्पण, समर्पित कार्यको फल रहेको बताएका छन् भने सिक्किमेली जनसमुदायले डा. सुब्बा अनि एसकेएम पार्टीप्रति विश्वास गरेको प्रष्ट भएको बताएका छन्। डा. सुब्बाले निरन्तर रूपमा दोस्रो कार्यकालमा सिक्किम अनि सिक्किमेली जनसमुदायको उज्ज्वल भविष्यको निम्ति आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने कुरामा मुख्यमन्त्री तामाङले विश्वास प्रकट गरेका छन्। योसँगै ऐतिहासिक जीतको निम्ति सम्पूर्ण सिक्किमेली जनसमुदायप्रति आभार व्यक्त गरेका छन्।