मिजोरममा जेडपीएमकाे जीत

ZPM-Announces-Candidates-for-Mizoram-Assembly-Polls.jpg.webp

आइजोल: राज्यको सत्ताधारी पार्टी जोरम पिपुल्स मुभमेन्ट (जेडपीएम)-ले मिजोरमको एक मात्र लोकसभा सीटमा जीत दर्ता गरेको छ। जेडपीएमका उम्मेद्वार रिचर्ड वनलालमंगईहाले मिजो नेशनल फ्रण्टका उम्मेदवारका वनलालवेनालाई ६८,२८८ मतले परास्त गरे।

भारतीय निर्वाचन आयोगद्वारा जारी आँकड़ा अनुसार मिजोरमको सीटमा जेडपीएमका उम्मेद्वार रिचर्ड वनलालमंगईहाले जीत हासिल गरेका छन्। रिचर्डले २,०८,५५२ मत प्राप्त गरी मिजो नेशनल फ्रण्टका उम्मेद्वार के वनलालवेनालाई ६८,२८८ मतको अन्तरले पराजित गरेका छन्। यस सीटमा कंग्रेसका उम्मेद्वार लालबियाकज़ामालाई ९८,५९५ भाजपा उम्मेद्वार वनलालहमुआकालाई ३३,५३३ मत, निर्दलीय लालहरियात्रेंगा चांगटेलाई ४,७०६ मत, मिजोरम पिपुल्स कन्फ्रेन्स उम्मेद्वार रिता मालसावमीलाई ३,७९३ मत प्राप्त भएको छ। यस सीटमा नोटाको पक्षमा १,८९३ मत परेको छ।

उल्लेखनीय छ, यस पहाड़ी राज्यको यो ट्रेण्ड लामो समयदेखिकै रहिआएको छ कि राज्यमा जुन पार्टीको सरकार हुन्छ लोकसभा चुनाउमा पनि त्यै पार्टीका उम्मेद्वारले जीत हासिल गर्दछन्। यसपालि पनि यो परम्परालाई यथावत राख्दै सत्ताधारी पार्टी जेडपीएमका उम्मेद्वारले जीत हासिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement