बंगालमा कंग्रेसकाे एकमात्र सीट
काेलकाता: सम्पूर्ण देशसँगसँगै पश्चिम बंगालमा पनि लोकसभा चुनाउको परिणाम चाखलाग्दो हुने आशा छ। राज्यका ४२ लोकसभा सीटमध्ये २९-मा सत्तारूढ़ पार्टी तृणमूल कंग्रेस जीत तर्फ बढ़िरहेको छ। लगभग हरेक सीटमा न्यूनतम ४०,००० भोटको अन्तर छ जुन परिणाममा परिणत हुने आशा छ।
यस अवस्थामा ईशा खान चौधरी एकमात्र यस्ता उम्मेद्वार हुन् जसले पश्चिम बंगालमा कंग्रेसको नाक राखिदिए। मुर्शिदाबाद जिल्लाको बहरमपुर लोकसभा सीटबाट छःपटकसम्म सांसद रहेका अधीर रंजन चौधरी भने यसपालि परास्त भएको देखिँदैछ। तृणमूल कंग्रेसका उम्मेद्वार यूसुफ पठान उनीभन्दा ६०,००० भोटको अन्तरले अघि बढ़िरहेका छन्।
ईशा खान चौधरीले मालदा दक्षिण सीटमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भाजपाकी श्रीरूपा मित्रा चौधरी उपनाम निर्भया दिदीमाथि १.१५ लाखभन्दा अधिक मतको अन्तरले जीत हासिल गरेका छन्। तृणमूल उम्मेद्वार शाहनजाव अली रेहान तेस्रो स्थानमा रहे। यद्यपि चुनाउ आयोगले यस सम्बन्धमा आधिकारिक घोषणा गरेको छैन।