कंग्रेसलाई जीतको स्वाद चाख्ने अवसर प्राप्त

jamirrrr.png

कंग्रेस उम्मेद्वार एस सुपोंगमेरेन जमीरकाे जीत

काेहिमा: पूर्वोत्तरको पहाड़ी राज्यमा लामो समयपछि कुनै चुनाउमा कंग्रेसलाई जीतको स्वाद चाख्ने अवसर प्राप्त भएको छ। नागाल्याण्ड लोकसभा क्षेत्रबाट कंग्रेसले राज्यको सत्तासिन पार्टी एनडीपीपीका उम्मेद्वारलाई परास्त गरेका छन्।

नागाल्याण्ड राज्यमा कंग्रेस पार्टीलाई लामो समयदेखिकै न त विधानसभामा न त लोकसभा चुनाउमा जीत हासिल भइरहेको थियो। यसपालिको लोकसभा चुनाउमा भने राज्यको एक मात्र सीट नागाल्याण्डमा कंग्रेस उम्मेद्वार एस सुपोंगमेरेन जमीरले जीत दर्ता गराएका छन्। जमीरलाई ४,०१,९५१ मत प्राप्त भएको छ भने उनको निकट प्रतिद्वन्द्वी नेशनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीका उम्मेद्वार डा. चुम्बेन मुरीलाई ३,५०,९६७ मत प्राप्त भएको छ।

जमीरले डा. मुरीलाई ५०,९८४ मतको अन्तरले पराजित गरे। यहाँबाट निर्दलीय उम्मेद्वार हैयथुंग तुंगो लोथालाई ६,२३२ मत प्राप्त भएको छ भने नोटामा १,६४६ मत झरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement