वाराणसी: प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको मतगणना जारी रहँदा उत्तर प्रदेशको वाराणसी निर्वाचन क्षेत्रमा जितेका छन्। भारतीय निर्वाचन आयोगका अनुसार प्रधानमन्त्री मोदीले कांग्रेसका उम्मेदवार अजय रायलाई १ लाख ५२ हजार ५१३ मतले पराजित गरेका छन्। प्रधानमन्त्री मोदीले ६,१२,९७० मत पाए भने अजय रायले ४,६०,४५७ मत पाए। बहुजन समाज पार्टीका उम्मेदवार अथर जमाल लारी ३३ हजार ७६६ मत ल्याएर तेस्रो भए।










