अरुणाचल प्रदेशको दुवै सीटमा भाजपा विजयी

deefb8q8_kiran-rijiju-afp_625x300_25_July_19.jpg

केन्द्रिय मन्त्री किरन रिजिजू विजयी

इटानगर: अरुणाचल प्रदेशको दुईवटै लोकसभा सीटमा एकपल्ट फेरि भाजपाले जित हासिल गर्दै कमल फुलाएको छ। लोकसभाका साथै अरुणाचल प्रदेशमा विधानसभाको पनि चुनाउ भएको थियो। दुई दिनअघि भएको गन्तीमा भाजपा राज्यको सत्ता बचाउन सफल भएको थियो।

विधानसभा चुनाउको परिणामपछि लोकसभाको दुवै सीटमा भाजपाको जित निश्चित मानिएको थियो।

अरुणाचल पश्चिमबाट भाजपा उम्मेदवार एवं केन्द्रिय मन्त्री किरन रिजिजूले २,०५,४१७ मत प्राप्त गरेर जित हासिल गरेका छन्। उनले कांग्रेस उम्मेदवार नबाम तुकीलाई १,००,७३८ मतको अन्तरले हराए। नबाम तुकीले कुल १,०४,६७९ मत, निर्दलीय उम्मेदवार तेजी राणाले ३३.३१४, गण सुरक्षा पार्टीका उम्मेदवार टोको शीतलजे ३०,५३० मत, निर्दलीय उम्मेदवार बिमपाक सिगाले ११,५१८ मत, निर्दलीय उम्मेदवार रुही टैगुंगले ७,८२१ मत, निर्दलीय उम्मेदवार लेकी नोरबूले २,२७१, निर्दलीय उम्मेदवार तानिया जूनले १,९५८ मत पाए। नोटामा कुल २,२९६ मत खसेको छ।

अरुणाचल पूर्व सीटबाट भाजपा उम्मेदवार तापीर गाओले १,४५,५८१ मत प्राप्त करे जित हासिल गरेका छन्। तापीर गाओले कांग्रेस पार्टीको आफ्नो निकटतम उम्मेदवार बोसीराम सिरणलाई ३०,४२१ मतको अन्तरले हराए। बोसीराम सिरमले कुल १,१५,१६० मत, निर्दलीय उम्मेदवार तमात गामोहले २,७०३ मत, निर्दलीय उम्मेदवार सोताई क्रीले १४,२१३ मत, निर्दलीय उम्मेदवार ओमक नितिकले ९,३६९ मत, अरुणाचल डेमोक्रेटिक पार्टीका उम्मेदवार बांडे मिलिले ६,६२२ मत पाएका छन्। नोटामा कुल ४,८९५ मत खसेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement