मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत पुलिसको नियन्त्रमा

Watermark - 8

मुगु (नेपाल): कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत पुलिसले एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएकामध्ये १६ जना बालिका र १२ जना बालक रहेका छन्। जिल्ला पुलिस कार्यालय सुर्खेतले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट बालबालिकासहित ती व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरेको हो। पुलिस नियन्त्रणमा परेका व्यक्ति नाम्गेल छिरिङ हुन्। उनले बैद्धलगायतका उपत्यकामा रहेका गुम्बाहरुमा ति बालबालिकालाई परिवारको सहमतिमै राखेर उनीहरुको पालनपोषण र शिक्षादिक्षा दिने हेतु काठमाडौं लैजान लागेको दाबी गरेको जिल्ला पुलिस कार्यालयका डीएसपी लक्ष्मण साहीले बताए।

डीएसपी साहीले भने, ‘बालबालिकाकालाई बैद्धलगायतका काठमाडौंका गुम्बाहरुमा राखेर पढाउने, पालनपोषण गर्ने भनेर लैजान लागेको ति व्यक्तिले देखाएको काजगमा उल्लेख छ। तर, हामीलाई शंका लागेरै नियन्त्रणमा लिएर थप अनुसन्धान र परिवारसँग सोधपुछ गरिरहेका छौं।’ हालसम्मको अनुसन्धानको क्रममा मानव बेचविखन भन्दा पनि आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई ललाईफकाई गरी ति बालबालिकाको जिम्मेवारी लिने भन्दै काठमाडौं लैजान लागिएको खुल्न आएको साहीले जानकारी दिए। तर, शंकास्पद देखिएकाले थप अनुसन्धान गरिरहेको भनाइ उनको छ।

‘हुम्ला र मुगुका २८ जना बालिबालिकालाई परिवारका सदस्यकै सहमतीमा पठाइएको देखिएको छ। दुई बाहेक २६ वटा स्थानीय तहका वडा कार्यालयले दिएको निवेदन उक्त व्यक्तिसँग छ, तर आवश्यक थप कागजपत्र नाम्गेल छिरिङसँग छैन। उनीहरुलाई नियन्त्रणमा लिएपछि परिवारका सदस्यहरुले सहमतीमै पठाएको भन्दै तगातार फोन गरिरहेका छन्। तर, हामी बालबालिकाबारे थप अनुसन्धान गरिरहेका छौं’ साहीले भने। तर, डीएसपी साहीले ति बालबालिका मुगु र हुम्लाका भएपनि कुन स्थानीय तहका भनेर खुलाएको छैन्। पुलिसले नियन्त्रणमा लिइएका २८ जना बालबालिकालाई सुर्खेतकै आवाज भन्ने संस्थामा राखेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement