दार्जिलिङ संसदीय सिटमा लगातार चौथो पटक जीत्न सफल भाजपा

IMG-20240604-WA0232.jpg

म जनताको इच्छा आकांक्षा अवश्य पूरा गर्नेछु: राजु विष्ट

दार्जिलिङ: दार्जिलिङ संसदीय सिटमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टले जीत हाँसिल गरेका छन्। दार्जिलिङ संसदीय सिटमा भारतीय जनता पार्टीको लगातार चौथो पटकको जीत हो अनि राजु विष्ट लगातार दोस्रो जीत हाँसिल गर्न सफल बनेका छन्। आफ्नो जीतपछि दार्जिलिङमा पत्रकारहरूसित कुराकानी गर्दै राजु विष्टले यो ऐतिहासिक जीत रहेको र दार्जिलिङमा भारतीय जनता पार्टीको लगातार चौथोपटकको जीत रहेको बताएका छन्। उनले यो जीत जनतालाई समर्पित गर्दै यो जीत यहाँको जनताले मोदीजीलाई देखाएको विश्वास र भरोसा हो भनी बताएका छन्। भाजपा प्रार्थी राजु विष्टले य जीत अन्याय, अत्याचार र पीढ़ा सहेर पनि भाजपालाई जिताएको छ भन्दै यो जीत चियाबारी श्रमिकहरू र सिन्कोनाको श्रमिकहरूलाई समर्पित रहेको बताएका छन्।

उनले अघि भने, य जीत शिक्षित युवाहरूलाई समर्पित गर्दछु। म जनताको इच्छा आकांक्षा अवश्य पूरा गर्नेछु। य जीत भारतमा बस्ने डेढ करोड़ गोर्खहरूलाई समर्पित गर्दछु। म दार्जिलिङ, कालेबुङ, खरसाङ, सिलगढी क्षेत्रका सबै जनतालाई धन्यवाद दिँदछु।’
राजु विष्टले बंगालमा आफुले सबैभन्दा बेसी मार्जिनले जितेको बताउँदै कसैले त नोटाभन्दा कम भोट पाएर पनि जित्ने दाबी गर्छन् भनी कटाक्ष गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement