लोक सभा चुनाउ २०२४: एसकेएम पार्टीका इन्द्रहाङ सुब्बा विजयी

photocollage_202464165216560.jpg

गान्तोक:  लोक सभा चुनाउ २०२४ मा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीका उम्मेदवार इन्द्रहाङ सुब्बा, १,५६,००० भन्दा धेरै मत प्राप्त गरेर विजयी बनेका छन्। वहाँ दोस्रोपल्ट सांसद निर्वाचित बनेका छन्।

पूर्व सांसद सुब्बा आफ्नो निकटतम प्रतिद्वन्दी सिटिजन एक्सन पार्टी (क्याप) का उम्मेदवार भरत बस्नेतको तुलनामा ७८,००० भन्दा धेरै प्राप्त गरेका छन्। क्याप उम्मेदवार बस्नेतले ७८,००० भन्दा धेरै मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन्। यसरी नै तेस्रो स्थानमा सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका उम्मेदवार प्रेमदास राई रहेका छन्। उनले ७५,००० भन्दा धेरै मत प्राप्त गरेका छन्।

उल्लेखनीय छ, राज्यमा विधानसभा लगायत लोकसभाको निम्ति १९ अप्रेलका दिन मतदान भएको थियो। विधानसभा चुनाउमा एसकेएम पार्टीले ३२ मध्ये ३१ सीट जितेर दोस्रोपल्ट सरकार बनाउने निधो भइसकेको छ भने अब लोक सभा सीट पनि एसकेएमकै झोलीमा परेको छ। लोकसभा चुनाउमा कुल १४ जना उम्मेदवार मैदानमा थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement