सिलगढी: दार्जीलिङ लोकसभा समष्टिमा भाजपाका उम्मेद्वार राजु बिष्ट आफ्नो प्रतिद्वन्द्वी तृणमूल कांग्रेसका गोपाल लामा भन्दा धेरै अगाडि छन्। उनी लगभग दोस्रोपल्ट सांसद बन्ने स्पष्ट तस्वीर देख्न शुरु भएको छl बाहिरी स्रोतहरूको अनुसार, राजु बिष्टको जित लगभग निश्चित रहेको बताइएको छl आधिकारिक रुपमा भने अहिले नै घोषणा भएको छैनl दार्जीलिङमा उनको जितको उत्सव शुरु भएको छ। समर्थकहरुले नाचगान गर्दै जितको खुशी व्यक्त गर्न थालेका छन्। यता पत्रकारहरूसँग कुरा गर्दै राजु विष्टले आफ्नो जितको कारण आफ्ना सहयोगीहरू र पार्टीका कार्यकर्ताहरूको मिहिनेतको परिणाम भएको बताए। उनले यो भ्रष्टाचारविरुद्धको ठूलो जित भएको बताए।

दार्जीलिङ, जलपाईगढी आदि ठाउँबाट भाजपा विजयी भएको उनले बताए। उनले भने, ‘जनताले भ्रष्टाचार र निरंकुश शासनको विरुद्धमा मतदान गरेका छन्। यो युवा, महिला र सबै जनताको विजय हो।‘ उनले आगामी दिनमा जनताको आशा र आकांक्षाक लागि पूरा गर्न पहल गर्ने बताए।