बेलबारीमा बिजुलीको पोलमा साइकल ठोकिदा पुरीको मृत्यु

IMG-20240604-WA0184.jpg

बिराटनगर: बिजुलीको पोलमा साइकल ठोकिदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ। सोमबार जुन ३, बेलुकी ६ बजे मोरङको बेलबारी नगरपालिका ५ का वर्ष ६० को टिकाराम पुरीको घटनास्थलमा नै मृत्यु भएको हो। कोहि कसैलाई नभनि घरबाट साइकल लिई हिनेका पुरी, अवेर राति सम्म घर नफर्केपछि आफन्तले खोजि गर्ने क्रममा मंगलबार जुन ४ बिहान घर नजिकै रहेको सडकको दक्षिण साइडमा रहेको बिजुलिको पोलमा ठक्कर खाइ साइकल दुर्घटना भै भई कुलोमा लडि मृत अवस्थामा भेटिएको इलाका पुलिस कार्यालय बेलबारीका इन्स्पेक्टर तेज बहादुर दाहालले जानकारी दिए। मृतकको शव परिवारले फेला पारी होहल्ला गरेपछि स्थानियले अस्थाई पुलिस चौकी सोमबारेमा जानकारी गराएका थिए। जानकारी गराउनसाथ तत्काल पुलिस हवलदार केसब राउतको टोलीले घटनास्थाल सुरक्षित राखेको थियो।मृतकले अत्याधिक मात्रामा मापसे गर्ने गरेको कारण दुर्घटना भएको हुन् सक्ने पुलिसले अनुमान गरेको छ। थप अनुसन्धान तथा कानुनि प्रक्रियाको लागि इन्स्पेक्टर दाहालको कमाण्डमा पुलिस टोली घटनास्थल खटिएको छ। उक्त स्थान इलका पुलिस कार्यालय बेलबारीबाट ५ किलोमिटर दक्षिण पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement