बिराटनगर: उदयपुरको त्रियुगा नगरपालिका-१ फुलजोरमा मङ्गलबार मई ४बिहान सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। गाईघाटबाट बेल्टारतिर जाँदै गरेको प्र. १-०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आइरहेको प्र. १-०२.-००१ ख ८५१४ नम्बरको टिफरले ठक्कर दिंदा दुई जनाको मृत्यु भएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले दुबैको शव जिल्ला अस्पतालमा राखिएको पोस्टमार्टम र सनाखत हुन बाँकी रहेको जनाएको छ।









