लोकसभा चुनाव २०२४: उत्तर प्रदेशमा  भाजपा पछि पर्दै

EVM-1-2

नयाँ दिल्ली: २०२४ को लोकसभा चुनावको अहिलेसम्मको चलिरहेको मतगणनाको आँकडालाई हेर्दा   भारतीय जनता पार्टी (भाजपा) आफ्नै बलमा सरकार बनाउन असफल भएको देखिन्छल तर एउटा कुरा प्रष्ट छ, देशमा फेरि एनडीए सरकार सत्तामा आउने भने देखिएको छ। एउटा भनाइ छ, दिल्लीको सिंहासन जाने बाटो उत्तर प्रदेश हुँदै जान्छ। उत्तर प्रदेशको लडाई जितेको पार्टीले लोकसभा चुनाव पनि सजिलै जित्छ भन्ने भनाइ छ। यस पटक उत्तर प्रदेशका दुई युवाले प्रधानमन्त्री मोदीको विजयी रथमा ब्रेक लगाएको देखिँदैछ। कांग्रेसका नेता राहुल गान्धी र समाजवादी पार्टीका अखिलेश यादवले उत्तर प्रदेशमा भाजपालाई ठूलो झट्का दिएका छन्।

उत्तर प्रदेशका ८० सिटमध्ये भाजपा नेतृत्वको एनडीए गठबन्धनले अहिलेसम्मको प्रवृत्तिअनुसार ३५ सिट पाउने देखेको छ। योसँगै समाजवादी पार्टी र कांग्रेसको आईएनडीआईए गठबन्धन पनि ४४ सिटमा अगाडि रहेको छ। एउटा सिट अरुको खातामा जाने देखिन्छ। सन् २०१९ को लोकसभा चुनाव अघि बहुजन समाज पार्टी, समाजवादी पार्टी र राष्ट्रिय लोक दल (आरएलडी) बीच गठबन्धन थियो। त्यतिबेला कांग्रेस यो गठबन्धनमा थिएन। त्यसबेला यी तीन दल मिलेर पनि उत्तर प्रदेशमा भाजपालाई खासै नोक्सान पुर्‍याउन सकेनन्।सन् २०१९ मा भाजपाले उत्तर प्रदेशमा ८० मध्ये ६२ सिट जितेको थियो। सन् २०१४ को लोकसभा चुनावमा भाजपाले ७१ सिटमा ठूलो जित दर्ता गरेको थियो।

राहुल गान्धी र अखिलेश यादवका दलहरू आईएनडीआईए गठबन्धनअन्तर्गत मिलेर चुनाव लडे पनि सिट बाँडफाँडको कुरा आए पनि अखिलेश यादव कुनै सम्झौताको मुडमा देखिँदैनन्। १७ सिटको प्रस्तावमा कांग्रेसबाट कुनै प्रतिक्रिया नआएपछि अखिलेशले बाँकी क्षेत्रका उम्मेदवारको नाम एक–एक गरेर घोषणा गर्न थाले। बंगालको तर्जमा उत्तर प्रदेशमा पनि गठबन्धन टुटेको स्थितिमा पुगेको थियो। अन्तिम शब्दमा राहुल गान्धी र उनका दल १७ सिटमा चुनाव लड्न सहमत भए। समाजवादी पार्टीले ६२ सिटमा चुनाव लडेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement