जलपाईगढी: जलपाईगढी मतगणना केन्द्रमा लोकसभाको मतगणना भइरहेको छ। चौथो चरणको मतगणना पछि भाजपा उम्मेदवार जयन्त राय जलपाईगुडी लोकसभा सीटबाट करिब ४२ हजार मतले अगाडि रहेको अहिलेसम्मको समाचारअनुसार जानकारी प्राप्त भएको छ। यो खबर सुनेपछि भाजपा क्याम्पमा खुशी लहर छाएको छ। भाजपाकी विधायक शिखा च्याटर्जी, अन्य नेता र कार्यकर्ताहरूले भाजपा जिन्दाबादको नारा लगाए। यसअघि मतगणना केन्द्रमा केन्द्रीय बल र पुलिसले अन्तिम प्रमाणीकरणपछि मतगणना अभिकर्तालाई प्रवेश गर्न दिएको थियो।











