आईसीसी टी२० वर्ल्ड कपः फारुकीको विध्वंशी बलिंगले अफगानिस्तानको ठूलो जीत

IMG-20240604-WA0143.jpg

गुयाना: आईसीसी टी२० वर्ल्ड कपमा अफगानिस्तानले एकतर्फी जीतको साथ अभियान शुरु गऱ्यो। मंगलवार खेलिएको ग्रुप सी-को म्याचमा अफगानिस्तानले युगाण्डालाई १२५ रनले पराजित गऱ्यो। टुर्नामेण्टमा इतिहासमा रनको अन्तरले यो कुनै पनि टीमको चौथो सबैभन्दा ठूलो जीत हो। अफगानिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएपछि युगाण्डाको टीमलाई १६ ओभरमा केवल ५८ रनको स्कोरमा समेट्यो। युगाण्डाको दुर्दशापछि अफगानिस्तानका पेस बलर फजलहक फारूकीको ठूलो भूमिका रह्यो, जसले ४ ओभरमा केवल ९ रन खर्च गरी ५ विकेट लिए। विशाल लक्ष्याई पीछा गर्दै युगाण्डाबाट केवल दुईजनाले १० भन्दा अधिक रन बनाए। यसमा रबिन्सन ओबुयाले १४ र रिआजत अली शाहले ११ रन बनाए। अफगानिस्तानका बलरहरूमा फारुकी बाहेक कप्तान राशिद खान र नवीन उल हकले २-२ विकेट लिए।

यसअघि प्रोभिडेन्स स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानबाट दुईजना ओपनर रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानले अर्द्धशतक बनाए। यी दुईले अनुभवहीन युगाण्डाको बलरहरूलाई शास्ती दिँदै पहिलो विकेटको निम्ति १४.३ ओभरमा १५४ रनको पार्टनरशीप गरे। यसमा गुरबाजले ४ वटा छक्का र ४ वटा चौकाको साथ ४५ बल खेलेर ७६ रन बनाए। यसरी इब्राहिमले ४६ बल खेलेर ९ वटा चौका र एउटा छक्काको साथ ७० रन बनाए। पहिलो विकेटको रूपमा इब्राहिम आउट भएपछि चाहिँ अफगानिस्तानले लगातार विकेट गुमायो। यसैकारण टीमले अन्तिम ओभरहरूमा तेजीको साथ रन बनाउन सकेन। मोहम्मद नबी १४ रनमा अविजित रहे। युगाण्डाका बलरहरूमा कसमास क्येवुटा र ब्रायन मासाबाले २-२ विकेट लिए। फारूकीलाई प्लेयर अव् द म्याच चयन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement