फ्रेञ्च ओपनःबोपन्ना र एबडेनको जोड़ी क्वार्टर फाइनलमा

IMG-20240604-WA0124.jpg

पेरिस: भारतका रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको जोड़ीले असाधारण प्रदर्शन गर्दै सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनमा पुरुष युगलको क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। यस अनुभवी जोड़ीले एन श्रीराम बालाजी र एमए रेयेस वारेला मार्टिनेजको जोड़ीलाई सुपर टाई ब्रेकरमा पराजित गरी प्री-क्वार्टर फाइनलमा जीत हासिल गऱ्यो। दोस्रो वरीयता प्राप्त बोपन्ना र एबडेनको जोड़ीले तेस्रो राउण्डको म्याचमा ६-७, ६-३, ७-६-ले जीत हासिल गऱ्यो। पहिलो सेटमा बालाजी र मेक्सिकोका रेयेसको जोड़ीले ५-४-को बढ़त हासिल गरेर सेट जित्ने मौका बनाएको थियो तर बालाजीको गल्तीले गर्दा पहिलो सेटको फसेला टाई ब्रेकरमा भयो। बालाजी र रेयेसको जोड़ीले पहिलो सेट टाई ब्रेकरमा जितेपछि बोपन्ना र एबडेनको जोड़ीले दोस्रो सेटमा असल प्रदर्शन गऱ्यो। अष्ट्रेलियन ओपन च्याम्पियन जोड़ीले दोस्रो सेट ६-४-ले जित्दा म्याच तेस्रो सेटमा पुग्यो। निर्णायक सेटमा बोपन्ना र एबडेनको अनुभव काममा लाग्यो अनि अष्ट्रेलियन खेलाड़ीले विनरको साथ जीतको मोहर लगाए। उल्लेखनीय छ, बोपन्नाले पेरिस ओलम्पिकको निम्ति अहिलेसम्म आफ्नो जोड़ीदार चयन गरेका छैनन् अनि फ्रेञ्च ओपनमा बालाजीको प्रदर्शनले उनी अवश्यै प्रभावित भएका छन्। यसैकारण पेरिस खेलहरूमा बोपन्ना र बालाजीको जोड़ीलाई देखिने प्रबल सम्भावना छ। शीर्ष १०-मा रहेको हुनाले बोपन्नाले ओलम्पिकको निम्ति आफ्नो जोड़ीदार चयन गर्न सक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement