भाजपाको राजु विष्ट र तृणमूल कंग्रेसको गोपाल लामाबीच कड़ा प्रतिद्वान्दिता
दार्जिलिङ: लोकसभा चुनावको मतगणना आज बिहानदेखि शुरु भएको छ। यसै क्रममा दार्जिलिङ संसदीय सिटको लागि मतगणना बिहानदेखि शुरु भईसकेको छ। दार्जिलिङ संसदीय सिटको लागि मतगणना दार्जिलिङ, कालेबुङ र सिलगढीमा चलिरहेको छ। दार्जिलिङ संसदीय सिटको लागि भएको चुनावमा १४ जना चुनाव मैदानमा प्रतिद्वान्दिता गरेका थिए भने मतगणनाक परिणाम हेर्दा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्ट र तृणमूल कंग्रेसको प्रार्थी गोपाल लामामाझ मुख्य रुपमा प्रतिद्वान्दिता देखिएको छ। दार्जिलिङको सरकारी महाविद्यालयमा चलिररेहको मतगणनामा पहिलो चरणमा राजु विष्टले अग्रता लिएका थिए भने कालेबुङमा भएको मतगणनामा तृणमूल कंग्रेसको गोपाल लामाले लिट गरेका थिए भने सिलगढीको मतगणनामा तृणमूल कंग्रेसको गोपाल लामाले केही लिट गरिरहेको जानकारी प्राप्त भएको छ। पहिलो चरणको मतगणनामा तृणमूल कंग्रेसको गोपाल लामाले लिट गरिरहेको र लगातार रूपमा मतगणना चलिरहेको छ। मतगणनामा भाजपा र तृणमूल कंग्रेसको प्रार्थीमाझ कड़ा प्रतिस्पर्धा देखिएको छ।