कीलियन एम्बाप्पे आधिकारिक रूपले रियल म्याड्रिडमा सामेल

IMG-20240604-WA0120.jpg

नयाँ दिल्ली: फ्रान्सका दिग्गज फूटबलर कीलियन एम्बाप्पे अन्तमा गएर स्पेनिश क्लब रियल म्याड्रिडमा सामेल भए। गत केही सालदेखि नै एम्बाप्पे यस क्लबमा आउने संकेत देखिएको थियो। यसपाली चाहिँ उनले आफ्नो पुरानो क्लब पेरिस सेण्ट जर्मेन (पीएसजी)-सँग नाता तोड़ेर रियल म्याड्रिडसँग ५ सालको अनुबन्ध गरेका छन्। फ्रान्सीसी फरवर्डसँग अनुबन्ध भएको रियल म्याड्रिडले सोमवार पुष्टि गऱ्यो। रियल म्याड्रिडले केही दिन अघि मात्र रेकर्ड १५औं पल्ट यूएफा च्याम्पियन्स लीगको खिताब जितेको थियो। कार्लो एन्सेलोट्टीको टीमले वेम्बले स्टेडियममा खेलिएको फाइनलमा जर्मनीको क्लब बोरुसिया डर्टमण्डलाई २-०-ले पराजित गरी यूरोपेली क्लब फूटबलको सर्वश्रेष्ठ टीम बन्ने गौरव हासिल गरेको थियो। रेकर्ड १५औं पल्ट च्याम्पियन्स लीग ट्रफी उठाएको दुई दिन पछि नै रियल म्याड्रिडले फ्री ट्रान्सफरमा एम्बाप्पेसँग अनुबन्धको पुष्टि गऱ्यो। एम्बाप्पेले पीएसजी-को टीममा ७ सालको समय बिताए तर आउँदो सीजनदेखि उनलाई रियल म्याड्रिडको जर्सीमा खेलिरहेको देखिनेछ। यस २५ वर्षीय खेलाड़ीले १० मईमा पीएसजी छोड़्ने घोषणा गरेका थिए। पीएसजी-सँग उनको अनुबन्ध ३० जूनमा समाप्त हुनेछ अनि एम्बाप्पे जुलाईमा रियल म्याड्रिडको टीममा सामेल हुनेछन्। यसरी स्पेनिश क्लबले उनलाई यूरो कप २०२४ शुरु हुन अघि नै लञ्च गर्नेछ।
एम्बाप्पेले २०१८-मा फ्रान्सीसी टीमसँग फिफा वर्ल्ड कप जितेका थिए। त्यसपछि उनी २०२२-मा कतरमा भएको वर्ल्ड कपमा उपविजेता रहने फ्रान्सीसी टीमको पनि हिस्सा थिए। उनले पीएसजी-सँग ६ वटा लीग वन् र ४ वटा फ्रेञ्च कप जिते। एम्बाप्पेले क्लबका सर्वकालिक शीर्ष स्कोररको रूपमा आफ्नो कार्यकाल समाप्त गरे। उनले पीएसजी-को निम्ति रेकर्ड २५६ गोल गरे। एम्बाप्पेले एएस मोनाको क्लबको साथ करियरको शुरुवात गरेका थिए। उनी २०१७-मा २१४ मिलियन डलरको कथित ट्रान्सफर फीसको साथ मोनाकोबाट पीएसजी-मा सामेल भएका थिए। त्यस डीलको साथ उनी पीएसजीकै पूर्व खेलाड़ी नेमारपछि विश्वका दोस्रो सबैभन्दा महँगो खेलाड़ी बनेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement