न्यूयोर्क: ब्याटिंगको निम्ति मुश्किल पीचमा दक्षिण अफ्रिकाले आईसीसी टी२० वर्ल्ड कपअन्तर्गत ग्रुप डी-को म्याचमा श्रीलंकालाई ६ विकेटले पराजित गऱ्यो। नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियमको धीमा पीचमा सोमवार राति पहिला ब्याटिंग गर्दै श्रीलंकाई टीम १९.१ ओभरमा केवल ७७ रन बनाएर अलआउट भयो, जुन यस प्रारूपमा टीमको सर्वनिम्न स्कोर हो। त्यसपछि दक्षिण अफ्रिकाले पनि धीमा ब्याटिंग गर्दै १६.२ ओभरमा ४ विकेटमा ८० रन बनाएर म्याच जित्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्ने श्रीलंकाई टीमको फसेला गलत साबित भयो। दक्षिण अफ्रिकी पेस बलर एनरिक नोर्खियाले विपक्षी टीमको ब्याटिंग क्रमलाई तहसनहस पारे। श्रीलंकाको तर्फबाट केवल तीनजनाले १० भन्दा अधिक रन बनाउन सके, जसमा कुसाल मेण्डिस (१९), एञ्जेलो म्याथ्यूज (१६) र कामिण्डु मेण्डिस (११) सामेल छन्। चारजना त शून्य रनमा आउट भए। दक्षिण अफ्रिकी बलरहरूमा नोर्खियाले ४ ओभरमा केवल ७ रन खर्च गरी ४ विकेट लिए। यसबाहेक कगिसो रबाडा र केशव महाराजले २-२ विकेट लिए। लक्ष्य सानो भए पनि दक्षिण अफ्रिकालाई जीत हासिल गर्न निक्कै गाह्रो पऱ्यो। क्विण्टन डी ककले २०, हेनरिक क्लासेनले अविजित १९ र ट्रिस्टन स्टब्सले १३ रन बनाएर टीमलाई जीत दिलाए। श्रीलंकाई बलरहरूमा कप्तान वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए। नोर्खियालाई प्लेयर अव् द म्याच चयन गरियो।











