झापा: इलामको लारुम्बाबाट झापाको दमक तर्फ आउँदै गरेको पिकअप गाडी रतुवा खोलामा पल्टिएर बगाउँदा दुई जनाको मृत्यु भएको छ।
लारुम्बाट आइरहेको पिकअप चुलाचुली ५ स्थित रतुवा खोलामा बगेको हो।
जिल्ला पुलिस कार्यालय इलामका अनुसार मृतकहरुको सनाखत हुने क्रममा रहेको छ।
जुन ३मा दिउँसो करिब २–३ बजेतिर पिक अप खोलामा बगेको स्थानीयले देखेपछि पुलिसमा खबर गरे लगत्तै पपुलिस र स्थानीयहरुको टोली उद्धारमा खटिएको थियो। पुलिसका अनुसार मृतक दुई जना मध्ये एक जना नाबालक र एक महिला रहेका छन्।
पिकअप बगेको ठाउँबाट केही किलोमिटर तल खोलाको अलग अलग ठाउँमा उनीहरुको शव भेटिएको हो। पिकअपमा चालकसहित ६ जना सवार थिए। अन्य तीन जना सकुशल रहेका एक जना घाईते अवस्थामा फेला परेका पुलिसको भनाई छ।