पाँच महिनामा ५ लाख बढी पर्यटक आगमनमा भारत, चीन र अमेरिकी पर्यटक बढीछन

IMG-20240604-WA0012.jpg

बिराटनगर: सन् २०२४ को पहिलो पाँच महिनामा ५ लाखभन्दा बढी पर्यटक आगमन भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार मई २०२४ मा मात्र ९० हजार २ सय ११ पर्यटक नेपाल आएका छन्। योसँगै जनवरीबाट मईसम्म ५ लाख ६ हजार २ सय ८० पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ। बोर्ड निर्देशक मणिराज लामिछानेका अनुसार यस वर्ष पहिलो स्थानमा भारतीय नागरिक आगमन भएका छन। दोस्रो स्थानका लागि चिनियाँ र अमेरिकी पर्यटकको प्रतिस्पर्धा देखिन्छ। मार्चमा प्रिमनसुन महिना हो।

मार्च र अप्रिलमा १ लाखमाथि पर्यटक आएका थिए। त्यसो हुनुमा नेपालमा पदयात्रा र पर्वतारोहणमा आउनेको संख्या अधिक थियो। मनसुनका बेला भने आगमन केही कम हुने गर्छ।
मई २०१९ मा ७८ हजार ३२९ पर्यटक आएका थिए । २०२० मईमा ३१, २०२१ मईमा १ हजार ५ सय ३१, २०२२ मईमा ५४ हजार ९३ र २०२३ मा मईमा ७७ हजार ७ सय ३ा पर्यटक नेपाल आएका थिए । २०२४ मा यो संख्या झनै बढेको छ। सरकारले आगामी आर्थिक वर्ष २०२४/२५ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ। यो पूरा हुन अफ सिजनका महिनामा समेत १ लाखभन्दा बढी पर्यटक आउनुपर्छ। नेपालले हवाईजहाजबाट आउने भारतीयलाई मात्र पर्यटक मान्छ। त्यस कारण स्थलमार्गबाट आउने ठूलो संख्याका भारतीय भने पर्यटक मानिदैनन्।
स्रोतका अनुसार नेपाल आउने पर्यटकमा भारतीय पहिलो स्थानमा छन्। पछिल्लो पाँच महिना भारतबाट मात्र १ लाख ४८ हजार ८ सय ६१ पर्यटक नेपाल आएका छन्। मई २०२४ मा मात्र भारतबाट ३८ हजार २ सय ८८ नेपाल आएका छन्। दोस्रो स्थानमा चिनियाँ छन्। पाँच महिनामा चीनबाट ४६ हजार ६ सय ७१ आएका छन्। मईमा मात्र ८ हजार ३ सय ८१ चिनियाँ नेपाल आएको तथ्यांक छ। जुन अघिल्लो वर्षको तुलनामा ७९.६ प्रतिशत धेरै हो।
अमेरिकाबाट पाँच महिनामा ४५ हजार ३ सय ७३ पर्यटक नेपाल आएको तथ्यांक छ।
२०२४ मईमा बंगलादेशबाट अघिल्लो वर्षको तुलनामा ५९.८ प्रतिशत धेरै पर्यटक आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement