गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले पूर्व मन्त्री कर्म लोडे भोटिया, अविनाश याखा र दुर्गा प्रसाद प्रधानलाई पार्टीबाट निष्कासित गरेको छ। उनीहरूमाथि पार्टी विरोधी गतिविधिहरूमा संलग्न रहेको आरोप छ। एसकेएम महासचिव (मुख्यालय/प्रशासन) पवन गुरुङद्वारा हस्ताक्षरित निष्कासन आदेशमा यस आसयको जानकारी दिइएको छ। पूर्व मन्त्री भोटिया उपाध्यक्ष प्रभारी, संस्कृति शाखा, दुर्गा प्रसाद प्रधान गेजिङ जिल्लाको जिल्ला स्तरीय उपाध्यक्ष, चालक मोर्चा र अविनाश याखा प्रचार प्रसार महासचिव, युवा शाखा थिए। निष्कासन आदेशमा उनीहरूका पद अनि प्राथमिकता सदस्यता पार्टीद्वारा अमान्य मानिने बताइएको छ।











