मतगणना तयारीलाई लिएर गान्तोक जिल्लाको प्रशासनिक केन्द्रमा दोस्रो चरणको रेन्डोमाइजेसन सम्पन्न

n61425823817174386214944d1da63efefdf8bb6e030990bd03c8b8a8c3fe49a6b4e03ee761dcdc35bd5ab6.jpg

गान्तोक: लोकसभा चुनाउको मतगणना तयारीलाई लिएर आज गान्तोक जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा दोस्रो चरणको रेन्डोमाइजेसन सम्पन्न भयो। यस अवसरमा जनरल अब्जर्भर जितेन्द्र कुमार, काउन्टिङ अब्जर्भर उमा कान्त उमाराव, पुष्पराज सिंह, पीएन नन्दनी, गान्तोकका जिल्लापाल तुषार निखारे लगायत अन्यहरूको उपस्थिति रहेको थियो। उल्लेखनीय छ, भोलि ४ जूनको दिन राज्यमा लोकसभाको मतगणना हुन गइरहेको छ। लोकसभा चुनाउको निम्ति एसकेएम, एसडीएफ, सिटिजन एक्सन पार्टी, भारतीय जनता पार्टी, कांग्रेस, सिक्किम रिपब्लिकन पार्टी लगायत स्वतन्त्रता उम्मेदवारहरू मैदानमा थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement