सोरेङ: एसकेएम पार्टीको भातृ संगठन अवकाशप्राप्त सरकारी कर्मचारी प्रकोष्ठ (ग्रीउ) सोरेङ जिल्लाले एसकेएम पार्टीलाई ११औं सिक्किम विधानसभा चुनाउमा प्रचण्ड जीतको निम्ति पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह गोले साथै सबै विजयी प्रत्याशीहरुलाई बधाई दिएका छन्। प्रकोष्ठका सोरेङ जिल्ला अध्यक्ष केबी भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै लोकतन्त्रको महापर्व चुनाउमा सिक्किम जनताले सुनौलो सिक्किम र समृद्ध सिक्किमको निम्ति एसकेएम पार्टीलाई अभूतपूर्व जनादेश दिएर दोस्रो पटक सत्तामा पुर्याएकोमा प्रकोष्ठले सिक्किमेली जनतालाई बधाई दिएको छ।
एसकेएम अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिंह गोलेको कुशल नेतृत्वमा २०१९ देखि चलेको एसकेएम सरकारले सिक्किममा उल्लेखनीय विकास कार्य गरेको उल्लेख गर्दै प्रकोष्ठले प्रेस विज्ञप्तिमा भनेका छन्, “यसपालिको चुनाउमा एसकेएम पार्टीलाई पाँच वर्षको काम, विकास र विश्वासको आदरमा सिक्किमे जनताले प्रचण्ड जनादेश दिएको हो। एसकेएम सरकारले शिक्षा, स्वास्थ, नारी सशक्तीकरण सँगसँगै अन्य सबै क्षेत्रमा अभूतपूर्व कार्य गरेको छ। जनताले मुख्यमन्त्रीको ९ वटा ग्यारेन्टीमाथि विश्वास गर्दै यसपालि प्रचण्ड जनादेश दिएको हो। सुनौलो सिक्किम र समृद्ध सिक्किमको निर्माणमा अब समुचित सिक्किमे जनताले सरकारसँग सहकार्य र सहयोग पुर्याउनुपर्छ।”-प्रकोष्ठका सोरेङ जिल्ला अध्यक्ष केबी भण्डारीले विज्ञप्तिमा भनेका छन्। सिक्किमलाई सुन्दर र शान्तिपूर्ण राख्न पोस्ट-पोल हिंसादेखि टाढा बसिदिने पनि प्रकोष्ठले अपिल गरेको छ।