बिजयी उम्मेद्वार सुदेश सुब्बालाई मानेबुङ-देन्ताममा भव्य स्वागत

IMG-20240603-WA0264.jpg

गेजिङ: सिक्किम राज्यको चुनाव मतपरिणाम पछि विजय बनेका मानेबुङ देन्ताम समष्टिका उम्मेदवार सुदेश कुमार सुब्बालाई आज समष्टिका जनताले भव्य स्वागत गर्दै शुभकामना दिएका छन्। सुब्बाको निजी निवास हि-गाउँमा समष्टिका समर्थकहरुले स्वागत पछि बधाई तथा शुभकामना दिएका हुन। सिक्किम राज्यको मानेबुङ देन्ताम क्षेत्र भारत नेपाल सिमा क्षेत्रसंग जोडिएको क्षेत्र हो भने पश्चिम सिक्किमको गेजिङ जिल्ला भित्र पर्दछ। कुल १६,२६४ मतदाता रहेको यस क्षेत्रमा नोटा सहित १४,२८७ मतदान भएको थियो जस्मा सुदेष कुमार सुब्बाले कुल मत ८,५५३ पाएर बिजय बने। यसबाहेक अन्य पाँच उम्मेदवारमध्ये दोस्रो नम्बरमा रहेका सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीका उम्मेदवार टीका राम छेत्रीले २,५१४, भाजपा उम्मेदवार नरेन्द्रकुमार सुब्बाले १,९२४, क्यापका उम्मेदवार प्रकाश शर्माले ८४०, स्वतन्त्र उम्मेदवार दिपेन्द्र गुरुङ १२२ अनि कंग्रेसका उम्मेदवार नरबहादुर गुरुङ ११८ मत पाए। सुदेष कुमार सुब्बाले 6039 भोटले बहुमत पाएका हुन्। यसरी क्षेत्रका जनताको भारी मतले बिजय बमेका सुब्बालाई वर्ष २०२४ को चुनावमा सुब्बाले प्रकट गरेको साहस, प्रतिबद्धता र जनसेवाको भावना वास्तवमै प्रशंसनीय रहेको जनभेलाले बताएको छ। यो जीत सुब्बाको परिश्रम, ईमान्दारी र जनताप्रतिको समर्पणको प्रतिफल हो भन्दै जनताले जुन विश्वास र समर्थन दिएर सफलतापूर्वक पूरा भएको भेलाले बताएको छ। सुदेष सुब्बाको जीत केवल व्यक्तिगत सफलता होइन, यो सम्पूर्ण क्षेत्रको विजय हो भन्दै चुनावी प्रतिज्ञा र घोषणापत्रमा उल्लेखित योजनाहरुलाई कार्यान्वयन गर्दै क्षेत्रका जनताको जीवनस्तर सुधार्न तपाईलाई सफलता मिलोस् भन्दै जनताले शुभकामना दिए।

बिजय बनेका सुब्बाले पनि जनताको अपेक्षालाई सम्बोधन गर्दै, शिक्षादिक्षा, स्वास्थ्य सेवा, आर्थिक उन्नति र सामाजिक न्यायको क्षेत्रमा योगदान दिनेछु भन्ने भरोसा दिएका छन्। विगतका अनुभवबाट सिक्दै, आगामी चुनौतीहरुलाई अवसरमा परिवर्तन गर्दै समाजलाई नयाँ उचाइमा पुऱ्याउने जनताको मुद्धा, समस्याहरु र अपेक्षाहरुलाई सुनुवाइ गर्दै, निष्ठापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने बताएका छन्। पार्टी अध्यक्ष एवं मुख्यमन्त्री प्रेमसिँङ तामाङको नेतृत्वमा चलेको सरकार र पार्टीको दिग्दर्शनलाई शिरोपर गरि मानेबुङ – देन्ताम क्षेत्रको बिकास जनताको रायलाई समयको माग अनुसार, समावेशी र दिगो विकासका लागि नविन सोच, दृष्टिकोण र कार्यशैली काम गर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement