पुणे: केदार जाधवले राष्ट्रिय टीमबाट आफ्नो अन्तिम म्याच खेलेको ४ सालपछि सोमवार इण्टरनेशनल क्रिकेटबाट सन्न्यासको घोषणा गरे। श्रीलंका विरुद्ध नोभेम्बर २०१४-मा राँचीमा खेलिएको वनडे म्याचको साथ इण्टरनेशनल क्रिकेटमा पदार्पण गर्ने ३९ वर्षीय जाधवलले भारतीय टीमको जर्सी लगाएर ७३ वटा वनडे र ९ वटा टी२० इण्टरनेशनल म्याच खेले। पूर्व कप्तान महेन्द्र सिंह धोनीको नजिकको मित्र मानिने जाधवले उनकै शैलीमा सन्न्यासको घोषणा गरे। जाधवले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा लेखेका छन्, मेरो करियरको अवधि माया र समर्थनको निम्ति सबैलाई धन्यवाद। मैले क्रिकेटको सबै प्रारूपबाट सन्न्यास लिएको सम्झिनुहोस्। जाधवले आइतवारदेखि पुणेमा शुरु भएको महाराष्ट्र प्रीमियर लीगमा कोल्हापुर टस्कर्सको कप्तानी गरिरहेका छन् अनि अब यस टुर्नामेण्टमा खेल्नेछन् या छैनन् भन्ने चाहिँ उनले स्पष्ट गरेका छैनन्। जाधवले भारतको निम्ति ७३ वटा वनडे म्याचमा २ वटा शतक र ६ वटा अर्द्धशतकको साथ ४२.०९-को औसतले १३८९ रन बनाए। यसरी उनले ९ वटा टी२० इण्टरनेशनल म्याचको ६ वटा ईनिंग्समा १२२ रन बनाए। जाधव उपयोगी अफ् स्पिनर पनि थिए अनि वनडे इण्टरनेशनलमा उनको नाममा २७ विकेट रहेको छ।